कीवर्डहरू -

क्लासिक टेकका ग्राहकलाई रिचार्जमा विशेष छुट अफर

क्लासिक टेकका ग्राहकलाई रिचार्जमा विशेष छुट अफर

नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले सेवाग्राही लागि विशेष अफर ल्याएको छ । हरेक ग्राहकले  २८१६ रुपैयाँ देखि ४१३० रुपैयाँ क्यास डिस्काउन्ट र २ महिन बोनस सुविधा पाउने छन् ।

यो अफर अनलाईन मार्फत रिचार्ज गर्नेहरुका लागि उपलब्ध भएको कम्पनीले जनाएको छ । कोरोना (कोभिड १९) भाइरसका कारण ग्राहकहरुकै सुरक्षालाई ध्यान दिँदै यस्तो योजना ल्याएको कम्पनीले जनाएको छ ।

उत्कृष्ट तथा गुणस्तरिय सेवाप्रवाह गरिहेको कम्पनीले अहिले विभिन्न किसीमका रिचार्ज सुविधामा ‘महा छुट अफर’ दिएको छ ।

सहज र उत्कृष्ट सेवा प्रवाहगर्दै ग्राहकहरुको मन जित्न सफल कम्पनीले ग्राहकहरुको फाइदा  सुविधाका लागि विभिन्न समयमा  छुट तथा बोनस अफर ल्याउने गर्दछ । यस्तो उत्कृष्ट प्याकेजमा अफरहरुले  ग्राहकहरुलाई थप आर्थिक लाभ मिल्ने जनाइएको छ ।

ग्राहकले एक वर्षको शुल्क एकमुष्ट अनलाईन मार्फत भुक्तानी गर्दा जम्मा रकमको २० प्रतिशत छुट (डिस्काउन्ट) पाउँछन् भने, २ महिना प्लस बोनस सेवा उपलब्ध हुनेछ ।

त्यस्तैगरी ६ महिनाको रिचार्ज शुल्क भुक्तानी गर्ने ग्राहकले १५ प्रतिशत डिस्काउन्ट पाउनुका साथै १ महिना बोनस सेवा उपलब्ध हुनेछ ।

तीनमहिनाको प्याकेजमा रिचार्ज गर्दा ग्राहकले १० प्रतिशत डिस्काउन्ट पाउनेछन् । भने १ महिना रिचार्ज गर्दा ५ प्रतिशत क्यास डिस्काउन्ट पाउने छन् ।

कम्पनीका अनुसार ग्राहकले जुनसुकै रिचार्ज गर्दा पनि आईपि टिभी एचडी तथा एसडी च्यानल उपलब्ध गराएको छ । ‘ल्यागफ्रि गेमिङ’, ‘भिडिओ स्ट्रिङमिङ’एकदमै राम्रो उत्कृष्ट रहेको क्लासिक टेकको सेवामा देशका प्रमुख शहरहरुमा सजिलै उपलब्ध छ ।

त्यस्तै, ग्राहकहरुले साधरण शुल्कमा आफ्नो राउटर एक्सचेन्ज पनि गर्न सक्नेछन् । कसैलाई सेवा रिफर गर्नुभए कम्पनीले सेवामा थप बोनस उपलब्ध गराएको छ । जहाँ एक वर्षको योजनामा तपाईले २ महिना निशुल्क बोनस पाउनुहुनेछ भने ६ महिनाको योजनामा १ महिना थप सेवा बोनस सुविधा पाउनु हुनेछ ।

त्यस्तै, कम्तिमा ३ महिनाको सेवा लिएको भए तपाईले १५ दिनको बोनस पाउनु हुनेछ । यो विशेष अफर नछुटाउन ग्राहकहरुलाई कम्पनीका प्रमुख सेल्स एण्ड मार्केटिङ अफिसर बिनय अधिकारीले अनुरोध गरेका छन् ।