कीवर्डहरू -

डोनाल्ड ट्रम्पलाई युट्युबमा भिडियो अपलाेड गर्न प्रतिबन्ध

डोनाल्ड ट्रम्पलाई युट्युबमा भिडियो अपलाेड गर्न प्रतिबन्ध


युटयुबले डोनाल्ड ट्रम्पको च्यानलबाट भिडियो सामाग्रीहरु हटाउनुका साथसाथै नयाँ अपलोडलाई पनि ब्लक गरेको छ । केही दिन अघि मात्रै ट्रम्पको ¥यालीमा नराम्रो घट्नाहरु भएकाले उनको अकाउन्टलाई थुप्रै सामाजिक सञ्जालहरुबाट प्रतिबन्ध लगाइएको हो ।

युटयुबले पनि यो भन्दा पहिले भने एउटा मात्रै भिडियोलाई प्रतिबन्ध गरेर छाडिदिएको थियो तर यो पालि भने नयाँ अपलोडमा पनि ब्लक गरेको छ ।

फेसबुकले अनिश्चित कालका लागी डोनाल्ड ट्रम्पको अकाउन्ट प्रतिबन्ध गरिदिएको छ भने ट्वीटरले सधैँभरिका लागी अकाउन्टलाई खारेज गरिदिएको छ।

युट्युबको अनुसार डोनाल्ड ट्रम्पले युट्युबको नियम नमानेकाले यस्तो प्रतिबन्ध लगाइएकाे हो । यो न्यूनतम एक हप्ताकाे लागी लगाइएको छ । भविष्यमा अझै पनि हिंसाको अवस्था आउन सक्ने डरले  याे  प्रतिबन्ध लगाएकाे युट्युबले जनाएकाे छ ।