कीवर्डहरू -

सिद्धार्थ बैंकका ग्राहकले अब क्युआर कोड स्क्यान गरेर आफ्नो खाताबाट सजिलै पैसा झिक्न सक्ने

सिद्धार्थ बैंकका ग्राहकले अब क्युआर कोड स्क्यान गरेर आफ्नो खाताबाट सजिलै पैसा झिक्न सक्ने

ग्राहकहरुलाई डिजिटल प्रविधिको बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यका साथ सिद्धार्थ  बैंक लिमिटेडले नयाँ सेवा ‘स्मार्ट टेलर’ सञ्चालनमा ल्याएको छ ।

यस सुविधासँगै ग्राहकहरुले चेक वा एटीएम कार्ड साथमा नभए पनि क्यूआर कोड स्क्यान गरी आफ्नो बैंक खाताबाट सहजै रकम झिक्न र निकाल्न सक्नेछन् ।

ग्राहकहरुले बैंकको सिद्धार्थ बैंक स्मार्ट मोबाईल एप प्रयोग गरी बैंकको काउण्टरमा रहेको क्यूआर कोड स्क्यान गरी दैनिक एक लाखसम्म र मासिक १० लाखसम्मको रकम निकाल्न सक्नेछन् ।