कीवर्डहरू -

थर्ड ह्विलले बेच्न थाल्यो इलेक्ट्रिक स्कुटर, २५ हजार सम्म छुटको सुविधा

थर्ड ह्विलले बेच्न थाल्यो इलेक्ट्रिक स्कुटर, २५ हजार सम्म छुटको सुविधा

काठमाडौं । थर्ड ह्विलले नेपाली बजारमा दुई नयाँ इलेक्ट्रिक स्कुटर उपलब्ध गराउन थालेको छ । कम्पनीले शुक्रबारदेखि अनलाइनमार्फत् ती स्कुटर बिक्रीको सेवा सुरू गरेको हो ।

थर्ड ह्विल विगत २ वर्ष  देखि नै अनलाइन माध्यमबाट दुई पाङ्ग्रे सवारीको सर्भिसिङ गर्ने, पार्टपुर्जा बिक्री गर्ने, बाइक तथा स्कुटरहरुको एक्सेसरिजहरुको बिक्री लगायतका सेवा दिदै आएको थियो ।

थर्ड ह्विलले व्यवसाय विस्तारको नयाँ अध्यायका रूपमा इलेक्ट्रिक स्कुटरहरु अनलाइन प्लेटफर्म मार्फत् विक्री वितरण गर्ने कामको थालनी गरेको छ ।

कम्पनीले भारतको प्योर कम्पनीका ई–प्लुटो र इट्रान्स नियो नामका दुई स्कुटर बिक्रीमा राखेको छ । भारतीय ब्रान्डका यी स्कुटर किन्न चाहनेले अनलाइनमा अर्डर गरेपछि  ‘टेस्ट ड्राइभ’ गर्न घर अथवा अफिसमा नै उपलब्ध हुनेछन् ।

ई प्लुटो ७ जी को मूल्य २ लाख ४९ हजार कायम गरिएको छ । क्रोम फिनिस्ड बडी रहेको ई प्लुटोमा २.५ किलोवाट आवरको पोर्टेबल ब्याट्री प्याक दिइएको छ जसले फुल चार्जमा ९० देखि १ सय २० किलोमिटर दौडन सक्ने क्षमता राख्छ ।

तीन स्पिड मोड दिइएको स्कुटर ६० किलोमिटर प्रतिघन्टाको गतिमा दौडन सक्छ । स्कुटरमा एलईडी ड्यासबोर्ड दिइएको छ भने ३० एनएमको टर्क उत्पादन गर्न सक्छ ।

स्कुटरमा प्रयोग भएको ब्याट्रीमा ३ वर्ष वा ४० हजार किलोमीटरको वारेन्टी कम्पनीले नै दिएको छ भने थर्ड ह्विलले   आफ्ना ग्राहकका हकमा एक बर्ष  इमर्जेन्सी मेन्टिनेन्सको सुविधा थप  गरेको छ ।

नियो इट्रान्समा भने क्रोम फिनिसबाहेक सबै विषेशता छन् । स्कुटरको मूल्य २ लाख २९ हजार रूपैयाँ तोकिएको छ ।

थर्ड ह्विलले बेच्न लागेका यी स्कुटरहरु माछापुच्छ्रे बैंक, नबिल बैंक र एनआईसी एसिया बैंकबाट शुन्य ब्याजदरमा किन्न सकिन्छ ।

स्कुटर किन्दा १० हजार रूपैयाँ बराबरको एसोसेरिज निःशूल्क तथा १५ हजार क्यास ब्याक पनि दिइने बताइएको छ । कम्पनीले स्कुटरमा एक वर्षको निःशूल्क सर्भिसिङको सुविधा दिइएको छ ।