कीवर्डहरू -

क्युआर कोड स्क्यान गरी अब कुमारी बैंकबाट पैसा झिक्न सकिने

क्युआर कोड स्क्यान गरी अब कुमारी बैंकबाट पैसा झिक्न सकिने

कुमारी बैंक लिमिटेडले क्यूआर स्क्यान एण्ड विथ ड्र सुविधाको थालनी गरेको छ ।

उक्त सुविधाअन्तर्गत कुमारी बैंकका ग्राहकहरुले बिना कार्ड या चेक आफ्नो कुमारी स्मार्ट मोबाइल एप्लिकेसन मार्फत टेलरमा राखिएको क्यूआर कोड स्क्यान गरी आफ्नो खाताबाट नगद विथ ड्र गर्न सक्नेछन् ।

ग्राहकले बैंकका हरेक शाखा तथा एक्सटेन्सन काउण्टरमा राखिएका क्यूआर कोड अंकित टेलर स्ट्याण्डमार्फत उक्त सेवाको लाभ लिन सक्नेछन् ।

क्यूआर प्रणालीमार्फत निकालिने नगद कारोबार सीमा भने प्रचलित मोबाइल बैंकिङ्ग र कार्डको दैनिक कारोबार सीमा अन्तर्गत नै पर्नेछ ।

कोभिड–१९को विश्वव्यापी महामारीको विषम परिस्थितिमा यस सुविधाले कर्मचारी र ग्राहकको स्वास्थ्य र सुरक्षामा हानी नपुग्ने तथा टेलर स्टाफ र ग्राहक दुवैको समय बचत हुने बैंकले बताएको छ ।