फुडमाण्डूले आयोजना गरेको अनलाइन फुड फेस्टिभल आज अर्थात शुक्रबारदेखि शुरू भएको छ । नेपालको सबैभन्दा लोकप्रिय अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डूले विगत ३ वर्षदेखि नियमित रुपमा आयोजना गर्दै आएको अनलाइन फुड फेस्टिवल यस वर्ष पनि आयोजना गरेको हो ।
फुडमाण्डूले प्रविधिमा आधारित नेपालको सबैभन्दा ठूलो फुड फेस्टिवल सन् २०१७ देखि नियमित रुपमा आयोजना गरिरहेको छ, जसमा कम्पनीले उत्कुष्ट खानेकुराका साथै आफ्ना ग्राहकहरुलाई मनोरन्जन समेत प्रदान गर्दछ ।
एक सातासम्म संचालन हुने अनलाइन फुड फेस्टिवलमा उत्कुष्ट फुड डिलसहित अग्मेन्टेड रियालिटी गेमका साथसाथै पहिलो पटक लाइभ म्यूजिक समेत आयोजना गर्दैछ ।
सो लाइभ म्यूजिक इभेन्टमा ज्योभन भुजु, संजय महत, उज्वल मान श्रेष्ठ, प्रसन्ना अधिकारीलगायतका कलाकारहरुले आफ्नो विशेष परफरमेन्स प्रस्तुत गर्नेछन् ।
फुडमाण्डूको अनलाइन फुड फेस्टिवलमा पहिलो पटक पोखरामा समेत आयोजना हुनेछ । कम्पनीले केहि दिनअघि मात्र पर्यटकिय नगरी पोखरामा आफ्नो सेवा बिस्तार गरेको थियो । अब भने पोखरेलीहरुले समेत नेपालको सबैभन्दा ठूलो अनलाइन फुड फेस्टको मज्जा लिन सक्नेछन् ।
कम्पनीले वार्षिकरुपमा आयोजना गर्ने अनलाइन फुड फेस्टिवलमा कम्पनीले मोबाइल एप्समार्फत अर्डर गर्ने ग्राहकहरुलाई आकर्षक क्यासब्याकका साथसाथै अधिकतम रु. ५०० बराबरको २५ प्रतिशतसम्मको डिस्काउन्ट अफर दिनेछ । त्यसैगरि कम्पनीले क्यूआरमार्फत भुक्तानीमा समेत छुटको सुबिधा दिने जनाएको छ ।
अनलाइन फुड फेस्टिवलमा कम्पनीले रु. १ मा नै ग्राहकहरुलाई खानेकुरा उपलब्ध गराउने छ भने फुड फेस्टिवलमा राखिएका गेमहरु खेलेर थप डिस्काउन्ट समेत प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरी फ्ल्याश सेलमा दिनको तीन पटक एक एक घण्टाको अफर आयोजना गरिनेछ भने मिस्ट्री ब्यागअन्तर्गत न्यूनतम मूल्यमा सर्प्राइज फुड प्राप्त गर्न सकिनेछ । अनलाइन फूड फेस्टिवलमा फोनपेमार्फत क्यूआर पेमेन्ट गर्न सकिने र छुट प्राप्त गर्न सकिनेछ ।
फुडमाण्डू अनलाइन फुड फेस्टिभलमा नेपालका उत्कृष्ट रेस्टुरेन्टहरु सहभागी छन जसमध्ये काठमाडौंमा ३० वटा रेस्टुरेन्ट तथा पोखरामा १४ वटा रेस्टुरेन्टहरु सहभागी हुनेछन् ।