कीवर्डहरू -

सार्वजनिक भएको एक दिनमै गूगल प्ले स्टोरबाट नागरिक एप १० हजार भन्दा बढी डाउनलोड

सार्वजनिक भएको एक दिनमै गूगल प्ले स्टोरबाट नागरिक एप १० हजार भन्दा बढी डाउनलोड

सार्वजनिक भएको एक दिनमै नागरिक एप गूगल प्ले स्टोरबाट १० हजार भन्दा बढी डाउनलोड भएको छ । सरकारले शुक्रबार मात्रै परीक्षणको रुपमा नागरिक एपको बेटा भर्सन सार्वजनिक गरेको थियो ।

परीक्षणको चरणमा एपमा ९ ओटा सरकारी सेवा छनौट गरिएको छ । नागरिकलाई सरकारी सेवाहरु हातहातमा पुर्‍याउन सरकारले नागरिक एप सञ्चालनमा ल्याएको हो ।

सम्भव भएसम्म सबै सार्वजनिक सेवाहरु एपबाटै प्रदान गर्न सरकारले नागरिक एप ल्याएको हो । सरकारी निकायमा रहेका नागरिकका विवरणहरु एपमा भने रहने छैनन् ।

विभिन्न सरकारी निकायमा रहेका विभिन्न विवरणहरुलाई एपले एक आपसमा जोडेर सेवा लिन सहज बनाउँछ ।  कुनै सरकारी सेवा लिन आवश्यक विवरण सम्बन्धित निकायको प्रणालीमा यसले तत्काले रूजु गर्छ ।

एन्ड्रोइड फोनका लागि नागरिक एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् भने आइफोनका लागि नागरिक एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।