सार्वजनिक भएको एक दिनमै नागरिक एप गूगल प्ले स्टोरबाट ५० हजार भन्दा बढी डाउनलोड भएको छ । सरकारले शुक्रबार मात्रै परीक्षणको रुपमा नागरिक एपको बेटा भर्सन सार्वजनिक गरेको थियो ।
परीक्षणको चरणमा एपमा ९ ओटा सरकारी सेवा छनौट गरिएको छ । नागरिकलाई सरकारी सेवाहरु हातहातमा पुर्याउन सरकारले नागरिक एप सञ्चालनमा ल्याएको हो ।
सम्भव भएसम्म सबै सार्वजनिक सेवाहरु एपबाटै प्रदान गर्न सरकारले नागरिक एप ल्याएको हो । सरकारी निकायमा रहेका नागरिकका विवरणहरु एपमा भने रहने छैनन् ।
विभिन्न सरकारी निकायमा रहेका विभिन्न विवरणहरुलाई एपले एक आपसमा जोडेर सेवा लिन सहज बनाउँछ । कुनै सरकारी सेवा लिन आवश्यक विवरण सम्बन्धित निकायको प्रणालीमा यसले तत्काले रूजु गर्छ ।
एन्ड्रोइड फोनका लागि नागरिक एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् भने आइफोनका लागि नागरिक एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।