कीवर्डहरू -

शुरू भयो नेपालको बृहत शैक्षिक मेला, यसरी हुनुहोस् सहभागी

शुरू भयो नेपालको बृहत शैक्षिक मेला, यसरी हुनुहोस् सहभागी

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले आयोजना गर्दै आएको बृहत शैक्षिक मेला यो वर्ष अनलाइन माध्यमबाट शुरु गरेको छ  । कोरोना महामारीले भौतिक रुपमा कार्यक्रम गर्न सक्ने अवस्था नभएपछि इक्यानले भर्चुअल रुपमानै शैक्षिक मेलाको सुरुवात गरेको हो ।

भर्चुअल शैक्षिक मेला माघ ०२ माघ ५ गतेसम्म आयोजना हुनेछ । अनलाईनका माध्यमबाट आयोजना हुने यस बृहत शैक्षिक मेलाको आयोजना शैक्षिक मेलाको व्यवस्थापना यस क्षेत्रमा लामो अनुभव हासिल गरेको कम्पनी वन अप प्रालि ले गर्दैछ ।

मेलामा इन एसोसिएसन विथमा वेद इन्टरनेशनल एजुकेशन कन्सलटेन्सी, अर्बिट इन्टरनेशनल एजुकेशन, क्विन्सफोर्ड कलेज, ग्रेस इन्टरनेशनल एजुकेशन, सक्सेस अब्रोड स्टडी, नेप्कोम्स एजुकेशन रहेका छन् । त्यसैगरी १८ वटा संस्था प्लाटिनम स्पोन्सरमा आबद्ध भएका छन् भने डायमण्ड र सिल्भर स्पोन्सर सहित १०० भन्दा बढि संस्थाले प्रर्दशनीमा भाग लिएका छन ।

मेलामा उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थी तथा उनीहरुका अभिभावकहरुले आफू बसेकै ठाउँमा भर्चुअल मेलामा सहभागी हुन सक्नेछन् । मेलामा उच्च शिक्षाका लागि जान चाहेको सम्बन्धित देश, विश्वविद्यालय तथा कलेज, कोर्सका साथै भिजा प्रोसेसिङ, लाग्ने खर्च लगायतका विभिन्न जानकारी तथा परामर्श लिन सक्नेछन् ।

त्यस्तै अनलाइन मार्फत् आयोजना भएको मेलाबाट विद्यार्थी तथा अभिभावकहरुले विगतमा जस्तै विभिन्न देशमा रहेका विश्वविद्यालय, कलेज, अध्ययनका लागि लाग्ने शुल्क, भिसा प्रक्रिया, छात्रवृत्तिका बारेमा जानकारी लिनुका साथै त्यसका लागि लाग्ने आवश्यक प्रक्रिया बारे जानकारी लिन सक्नेछन ।

भर्चुअल मेलामा विद्यार्थीहरुले कोरोना महामारीका कारण सिर्जित समस्या, सम्बन्धित देशले कोरोना महामारीपछि लिएका नीति र त्यसले पार्ने प्रभावका बारेमा सम्पूर्ण जानकारी लिन सक्नेछन् ।

मेलामा सहभागी हु्न विद्यार्थी तथा अभिभावकले मोबाइल, ल्यापटप, कम्प्युटर लगायतका डिभाइसबाट यहाँ क्लिक गरी नाम दर्ता गरेर आवश्यक सम्पूर्ण जानकारी लिन सक्नेछन् ।