कीवर्डहरू -

प्रहरीद्वारा भन्सार छली ल्याइएका २३ थान मोबाइल बरामद

प्रहरीद्वारा भन्सार छली ल्याइएका २३ थान मोबाइल बरामद

भन्सार छलि ल्याइएका विभिन्न कम्पनीका २३ थान मोबाइल चन्द्रागिरि नगरपालिका-२ नागढुंगाबाट शनिबार प्रहरीले बरामद गरेको छ ।

भैरहवाबाट काठमाडौं आउँदै गरेको लु.२ ख ४२१६ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त मोबाइल फेला पारी बरामद गरेको हो ।

बरामद मोबाइलहरू आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार कार्यालय पठाइने महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।