कीवर्डहरू -

क्लाउडमा आधारित फाइभजी कोर नेटवर्क निर्माण गर्न नोकिया र गूगलबीच साझेदारी

क्लाउडमा आधारित फाइभजी कोर नेटवर्क निर्माण गर्न नोकिया र गूगलबीच साझेदारी

नोकियाले क्लाउडमा आधारित फाइभजी कोर नेटवर्क पूर्वाधार निर्माण गर्न अल्फाबेटको गुगल क्लाउड युनिटसँग साझेदारी गरेको छ ।

यो साझेदारीसँगै बिजनेस सेवाग्राहीहरुलाई स्मार्ट रिटेल तथा अटोमेटेड मेनुफ्याक्चरिङ जस्ता सेवाहरु अफर गर्न सक्ने छन् ।

माइक्रोसफ्ट, अमेजन जस्ता ठूला प्रविधि कम्पनीहरुको क्लाउड कम्प्युटिङ युनिट पनि फाइभजी पर्वाधारको डिप्लोयमेन्ट अगाडी नयाँ प्रविधिले ल्याएको नयाँ व्यवसायमा शेयर लिन टेलिकम भेन्डरसँग टाईअप गरिरहेका छन् ।

यसका लागि नोकियाले आफ्नो फाइभजी विज्ञलाई तैनाथ गराउनेछ भने गुगल क्लाउडले एप्लिकेसन लञ्च गर्न तथा सर्भिसेसको इकोसिस्टम तयार गरी कस्टुमरलाई सहयोग गर्ने प्लेटफर्मको रुपमा काम गर्नेछ ।