कीवर्डहरू -

काठमाडौंमा एनआईसी एशिया बैंकको एटिएम मेसिन तोडफोड गर्ने ३ जना पक्राउ

काठमाडौंमा एनआईसी एशिया बैंकको एटिएम मेसिन तोडफोड गर्ने ३ जना पक्राउ

काठमाडौं महानगरपालिका-२९ कालिकास्थानस्थित एनआईसी एशिया बैंकको एटिएम मेसिन तोडफोड गरिरहेको अवस्थामा ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं बानेश्वर बस्ने बागलुङ गलकोट नगरपालिका-७ घर भएका २२ वर्षीय साहील खत्री, काठमाडौं महानगरपालिका-२९ कालिकास्थान बस्ने बागलुङ गलकोट नगरपालिका-७ घर भएका २५ वर्षीय अनिल थापा र सोही ठाउँ बस्ने २५ वर्षीया नुमा मगर रहेका छन् ।

महानगरीय प्रहरी वृत्त सिंहदरवारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।