कीवर्डहरू -

डिजिटल कोभिड—१९ भ्याक्सिन कार्डमा काम गर्दैं माइक्रोसफ्ट र ओराकल

डिजिटल कोभिड—१९ भ्याक्सिन कार्डमा काम गर्दैं माइक्रोसफ्ट र ओराकल

Photo Credit: Associated Press


माइक्रोसफ्ट र ओराकल डिजिटल कोभिड—१९ भ्याक्सिन कार्ड बनाउन थालेका छन् । संयुक्त सहकार्यमा माइक्रोसफ्ट र ओराकल डिजिटल कोभिड—१९ भ्याक्सिन कार्ड बनाउने काम गर्न थालेका हुन् ।

अब अमेरिकामा अन्तराष्ट्रिय हवाई यात्रीहरुले हालै गरिएको कोभिड—१९ को जाँच या त्यो रोगबाट निको भएको प्रमाण वा संक्रमणबाट हालैमा निको भएको रिपोर्ट हाल्नुपर्ने छ ।  कोभिड—१९ को खोप लगाउन थालिएकाले खोप लगाएकाहरुलाई एयरलाइनहरुले चाँडैनै प्लेन चँड्न दिनेछन् ।

यही कारणले थुप्रै स्वास्थ्य र टेक संस्थाहरुले आफ्नो खोपको अवस्थाको बारेमा जानकारी फोनमै राख्न मिल्ने डिजिटल कपी बनाउने भएका छन् । यो अभियानमा विशेष गरी माइक्रोसफ्ट, ओराकल, सेल्सफोर्स र मायो क्लीनीक जोडिएका छन् ।

यसलाई स्मार्ट हेल्थ कार्ड पनि भनिन्छ । स्मार्टफोन नहुनेलाई भने क्यूआर कोड प्रिन्ट गरेर दिइने छ । केही एयरलाइनहरुले भने हेल्थ पासपोर्ट एप नि प्रयोग गर्ने सोचिरहेका छन् । यसमा जाँच नेगेटिभ आएपछि एपमा कनफरमेसन कोड आउँछ जसलाई देखाएर प्लेन चँड्न सकिन्छ ।