कीवर्डहरू -

अब बोलेरै युट्युबमा भिडियो खोज्न सकिने

अब बोलेरै युट्युबमा भिडियो खोज्न सकिने

अब भ्वाइस कमाण्ड बाटै युट्युबमा भिडियो खोज्न सकिने भएको छ । युट्युबको नयाँ अपडेट अन्र्तगत यो फिचर आएको हो । यसका लागी युट्युबले सर्च बक्सको छेऊमा माइक्रोफोन जस्तो आइकन दिन्छ ।

त्यो आइकनमा थिचेपछि लिस्निङ भनेर देखिनेछ । त्यसपछि तपाईले बोलेको कुरा डिटेक्ट गरेर रिजल्ट आउँछ र आफूले भ्वाइस मार्फत खोजेको भिडियो हेर्न सकिन्छ । यो सुविधा पहिलो चोटि प्रयोग गर्दा माइक्रोफनको पहुँच पाउन युट्युबले अनुमति माग्नेछ ।

युट्युबले यो फिचर प्रयोगकर्ताहरुलाई उपलब्ध गराउन सुरु गरिसकेको छ । युट्युबले ह्यासट्याग रहेको भिडियोका लागी पनि छुट्टै पेज थपिदिएको छ । यसले गर्दा कुनै एक ह्यासट्यागको मद्दतले धेरै ओटा भिडियोहरु पनि खोज्न पाइन्छ । युट्युबले भविष्यमा ह्यासट्यागमा अझै अपडेट ल्याउने बताएको छ ।