कीवर्डहरू -

माइक्रोसफ्ट ३६५ का प्रयोगकर्ताले चाँँडैनै २५० जीबी सम्मको फाइल अपलोड गर्न सक्ने

माइक्रोसफ्ट ३६५ का प्रयोगकर्ताले चाँँडैनै २५० जीबी सम्मको फाइल अपलोड गर्न सक्ने

माइक्रोसफ्ट ३६५ का प्रयोगकर्ताले चाँँडैनै २५० जीबी सम्मको फाइल अपलोड गर्न सक्ने भएका छन् । यो नयाँ फिचरले गर्दा प्रयोगकर्ताहरुले वानड्राइभ, सेयरपोइन्ट र टीम्समा सजिलै ठूलो फाइलहरु अपलोड गर्न सक्ने छन् । यसअघि १०० जीबी सम्मको फाइल अपलोड गर्न सकिने व्यवस्था रहेको थियो ।

यसले माइक्रोसफ्ट ३६५ को प्रयोगकर्ताहरुलाई फाइल सेयर, सींक र स्टोर गर्न अझै सहज हुनेछ । यसले प्रयोगकर्ताहरुलाई पुरै फोरके या एटके  भिडियो, कुनै बिलडिङको थ्रीडी मोडेल, ठूलो रिपोर्ट या डेटासीट अपलोड गर्ने मौका दिन्छ ।
यो फिचर भने वानड्राइभ प्रयोगकर्ताका लागी पनि हुनेछ । माइक्रोसफ्टले यो फिचर स्टोरेजलाई अप्टीमाइज गरेर तयार पारेको हो । छिटो पहुँचका लागी फाइलहरुलाई एजुरे स्टोरेजमा पनि ब्याकअप दिइएको हुन्छ । यो फिचर यो महिनाको अन्तयसम्म सबैलाई उपलब्ध हुने बताइएको छ ।