कीवर्डहरू -

एनसेलको नयाँ बिजप्लस योजना, १४९ रुपैयाँमा ३० दिन निःशुल्क भ्वाइस तथा एसएमएसको सुविधा  

एनसेलको नयाँ बिजप्लस योजना, १४९ रुपैयाँमा ३० दिन निःशुल्क भ्वाइस तथा एसएमएसको सुविधा  

एनसेलले आवश्यकता अनुसारको सम्पूर्ण सेवाप्रवाह गर्न ‘बिजप्लस’ प्लानहरु संचालनमा ल्याएको छ ।

एनसेलले हाल संचालनमा रहेको आफ्नो फास्ट फरवार्ड लाइफ अभियान अन्तर्गत नयाँ बिजप्लस प्लान ल्याएको हो ।

आफ्नो पुरानो बिज प्लानलाई परिमार्जित गर्दै सुलभ दरमा अझ थप सेवा सुविधाका साथग्राहकका आवश्यकता बमोजिम सेवाप्रवाह गर्नका बिजप्लस प्लान ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ । यसमा भ्वाइस, डेटा, एसएमएसका साथै उपयोगी डिजिटल सेवाहरु समावेश गरिएको छ ।

साना तथा मझौला उद्योग र सरकारी कार्यालय तथा निकायहरुले ३० दिनकालागि करबाहेक १४९ रुपैयाँ बाट सुरु हुने बिजप्लस प्लान लिन सक्छन् भने ठूला उद्योग तथा कर्पोरेटले मासिक कर बाहेक २९९ रुपैयाँबाट सुरु हुने प्लानहरु सुचारु गर्न सक्छन् ।

नयाँ बिजप्लस प्लान अन्तर्गत ग्राहकले एनसेल नेटवर्क भित्र बिजनेश आवरमा निःशुल्क भ्वाइस तथा एसएमएस गर्न, एफएनएफअर्थात परिवार तथा साथी भाईका कुनै दुईवटा निश्चित नम्बरमा अनलिमिटेड कल गर्न र मासिक रेन्टल शुल्क तिर्न नसकेमा पनि सेवा रद्द नहुने जस्ता आकर्षक सुविधाहरु पाउँछन् ।

यसका साथै बिजप्लानप्लस प्रयोग गर्ने ग्राहकले विभिन्न डिजिटल सेवाहरु, डाक्टरसँग परामर्श, कर्पोरेट युजर ग्रुपमा निःशुल्क कल तथा एसएमएस, मोबाइल सेक्युरिटी लगायत थप आकर्षक सेवाहरुको फाइदा लिन सक्नेछन् ।

साना तथा मझौला उद्योगीले आफ्नो आवश्यकता अनुसार ३० दिनको १४९ रुपैयाँ वा १९९ रुपैयाँ शुल्क लाग्ने प्लानहरु सुचारु गर्न सक्छन् । कर्पोरेट ग्राहकले २९९ रुपैयाँ देखि १,४९९ रुपैयाँ सम्मका ६ वटा बिजप्लान मध्ये कुनै पनि प्लान सुचारु गर्न सक्छन् ।

त्यस्तै सरकारी कार्यलयका ग्राहकले १४९ रुपैयाँ देखि ४९९ रुपैयाँ सम्मका ४ वटा प्लानहरु मध्य आफ्नो आवश्यकताअनुसार कुनै पनि प्लान सुचारु गर्न सक्छन् । बिज प्लानअन्तर्गत मासिक शुल्क प्लानमा रहेको सेवा तथा सुविधाको आधारमा रहेका छन् ।