कीवर्डहरू -

काठमाडौंमा एटीएम मेसिन ‘फोड्दा फोड्दै’ युवक पक्राउ

काठमाडौंमा एटीएम मेसिन ‘फोड्दा फोड्दै’ युवक पक्राउ

नागार्जुन नगरपालिका-२ ठुलो भर्‍याङ्गस्थित एनआइसी एसिया वैंकको एटिएम मेसिन फोडी चोरी गर्न लागेको अवस्थामा एक युवक पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका-१६ माछापोखरी बस्ने वैतडी महादेवस्थान गाउँपालिका-५ घर भएका २८ वर्षीय कमल बहादुर धानुकलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

उक्त कार्यमा संलग्न उनकै साथी फरार रहेकोले प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।