कीवर्डहरू -

नागरिक एप प्रयोग गर्दा नागरिकता सम्बन्धि देखिएको त्रुटि सच्याउन अनलाइन प्रणालीको सुरुवात

नागरिक एप प्रयोग गर्दा नागरिकता सम्बन्धि देखिएको त्रुटि सच्याउन अनलाइन प्रणालीको सुरुवात

नागरिक एपमा नागरिकता सम्बन्धी कतिपय विवरण मेल नखाएकाले प्रयोगकर्तालाई एप प्रयोग गर्न गाह्रो भएपछि सानोतिनो त्रुटि सच्याउन गृह मन्त्रालयले अनलाइन प्रणालीको सुरुवात गरेको छ ।

सरकारले गत शुक्रबार मात्रै सम्भव भएसम्मका सार्वजनिक सेवाहरु मोबाइल एपबाटै दिन मिल्ने गरी नागरिक एपको बेटा भर्सन सार्वजनिक गरेको थियो । गृहमन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले नागरिकतामा भएको सानोतिनो त्रुटि सच्याउन अनलाइन प्रणालीको विकास गर्ने प्रक्रिया प्रारम्भ गरिएको जानकारी दिएका छन् ।

नागरिक एप प्रयोग गरेकै कारण कसैको महत्वपूर्ण सूचना चोरी नहुने व्यवस्था गरिएको सञ्चारमन्त्री पार्वत गुरुङले बताएका छन् । एप प्रयोग गर्दा हाल आएका अप्ठयारोका लागी क्षमा माग्दै यसलाई सुधार गरिने उनले जानकारी दिएका छन् । साथै एपमा सुधार गर्नुपर्ने पक्ष र थप गर्नुपर्ने सुविधाहरुको जानकारी दिन समेत मन्त्री गुरुङले आग्रह गरेका छन् ।