कीवर्डहरू -

एनसेलले ल्यायो नयाँ च्याटबट सेवा ‘माया’, च्याटबट बाट एनसेलका विभिन्न सेवा लिन सकिने

एनसेलले ल्यायो नयाँ च्याटबट सेवा ‘माया’, च्याटबट बाट एनसेलका विभिन्न सेवा लिन सकिने

मोबाइल सेवाप्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडले नयाँ च्याटबोट सेवा सुरु गरेको छ ।

डिजिटल प्रविधिमा अभ्यस्त हुँदै गएका ग्राहकका लागि डिजिटल प्लेटफर्म मार्फत् ग्राहकले एनसेलको सेवा तथा सुविधाको बारेमा जानकारी उपलब्ध गराउने उद्देश्यले नयाँ च्याटबोट सेवा ‘माया’ सेवा सुरु गरिएको एनसेलले जनाएको छ ।

एनसेलले सुरु गरेको ‘फास्ट फरवार्ड लाइफ’ अभियान अन्तर्गत यस्तो सेवाको सुरुवात गरेको एनसेलले जनाएको छ ।

यो सेवा एनसेलको आधिकारिक फेसबुक मेसेन्जर, भाइबर, ह्वाटसएप र वेबसाइटमा उपलब्ध छ । जसअन्तर्गत एनसेलका ग्राहकले च्याटबोट मार्फत् एनसेलको सेवा लिन, आफ्ना प्रश्न वा गुनासा राख्न सक्छन् । यो सेवा हप्ताको सातै दिन र चौबिसै घण्टा उपलब्ध रहेको समेत एनसेलले प्रष्ट पारेको छ ।

च्याटबोट सेवा ‘माया’ माघ ४ गते देखि एनसेललका सबै आधिकारिक सामाजिक सञ्जाल पेज वा ह्यान्डलमा उपलब्ध भएका छन् ।

यस प्लेटफर्म मार्फत ग्राहकले भ्वाइस तथा डेटा प्याक खरिद गर्न, भिसा कार्ड तथा मास्टर कार्डबाट रिचार्ज गर्न, एनसेलको सेवा तथा सुविधाको बारेमा कुनै जिज्ञासा राख्न, ब्यालेन्स चेक गर्न, अफरहरुको बारेमा जानकारी लिन तथा कुनै गुनासो राख्न सक्ने जनाइएको छ ।

एक दूरसञ्चार सेवाप्रदायकको रुपमा आफ्ना ग्राहकलाई नवीन सेवा सुविधाहरु प्रदान गर्दै ग्राहक अनुभवलाई अभिवृद्धि गर्न सदैव तयार रहेको भन्दै एनसेलले नयाँ डिजिटल सेवाले ग्राहक सेवालाई परिष्कृत गर्न मद्दत गर्ने विश्वा लिएको छ ।