कीवर्डहरू -

म्यासेन्जर मार्फत महिला साथीलाई अश्लिल फोटो तथा भिडियो पठाउने एक जना पक्राउ

म्यासेन्जर मार्फत महिला साथीलाई अश्लिल फोटो तथा भिडियो पठाउने एक जना पक्राउ

फेसबुकको म्यासेन्जर मार्फत अश्लिल भिडियो, फोटो तथा सन्देश पठाई यौन उत्पीडन कार्य गर्ने एवं हैरानी दिने एक जनालाई साइबर ब्यूरोले सोमबार पक्राउ गरेको छ ।

परिचित महिला साथी सल्यानी २० (नाम परिवर्तित) लाई उत्पीडन गर्ने एवं हैरानी दिने सल्यानको साविक कालागाँउ गा.वि.स. वडा नं. २ बाल्ले घर भई हाल कुमाख गाउँपालिका वडा नं. ४ सेराडाँडामा बस्ने ३६ वर्षिय रमेश शाही भन्ने रवी शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

साइबर ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी नविन्द अर्यालका अनुसार उनले विद्युतिय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसुर गरेको पाईएको हुँदा जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति लिई जिल्ला प्रहरी कार्यालय सल्यानको सहयोगमा माघ ५ गते पक्राउ गरिएको हो ।

उनीमाथि थप अनुसन्धान भइरहेको अर्यालले जानकारी दिएका छन्  ।

\"\"