कीवर्डहरू -

नेपाली बजारमा सार्वजनिक भयो ओप्पो ए १५ स्मार्टफोन, यस्तो छ मूल्य अनि फिचर

नेपाली बजारमा सार्वजनिक भयो ओप्पो ए १५ स्मार्टफोन, यस्तो छ मूल्य अनि फिचर

ओप्पोले नेपालमा आफ्नो नयाँ स्मार्टफोन ओपो ए १५ सार्वजनिक गरेको छ । ओपो ए १५ ले प्रयोगकर्ताका दैनिक मनोरञ्जन र सञ्चार आवश्यकताको माग सहजै पूर्ति गर्ने कम्पनीको दाबी रहेको छ ।

‘उपभोक्ताको मोबाइल लाइफस्टाइलका लागि आवश्यक हरेक फिचर्स उपलब्ध गराउने ओपो ए१५ सार्वजनिक गर्न पाउँदा हामी निकै उत्साहित छौँ’, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ।

‘ओपो ए १५ मा रहेका एआई ट्रिपल क्यामेराको सहायताले उत्कृष्ट तस्विर खिच्न सक्नुका साथै, यसमा रहेको ६.५२ इन्चको ठूलो स्क्रिनमा एचडी प्लसको मज्जा समेत लिन सकिन्छ । फोनले तपाईँका आफन्त र मित्रजनसँग निरन्तर सम्पर्कमा रहिरहन पनि उत्तिकै सहयोग गर्नेछ ।’

ओपो ए १५ मा रहेका एआई ट्रिपल क्यामेराले मानिसका साथै तपाई वरपरको विश्वको सटिक तस्विर खिच्न सघाउँछ । फोनमा १३ मेगापिक्सेलको मुख्य क्यामेरा २ मेगापिक्सेलको म्याक्रो लेन्स र २ मेगापिक्सेलको डेप्थ क्यामेरा जडान गरिएको छ ।

फोनमा रहेको एचडीआर फिचरले प्रयोगकर्तालाई कम प्रकाश वा ब्याकलाइट भएका स्थानमा समेत उत्कृष्ट तस्विर खिच्न सघाउँनेछ ।

ओपो ए १५ मा ५ मेगापिक्सेलको सेल्फी क्यामेरा राखिएको छ । साथै फोनमा आई कम्फर्ट फिल्टर्स, सनलाइट स्क्रिन र एआई ब्राइटनेस लगायत सुविधापनि उपलब्ध छन् ।

ओपो ए१५ मा ३ जीबी र्‍याम र ३२ जीबी इन्टरनल स्टोरेज उपलब्ध रहेको छ । साथै प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार इन्टरनल स्टोरेजलाई २५६ जीबी सम्म बढाउन सक्ने सुविधा पनि प्रदान गरिएको छ ।

फोनमा मिडियाटेक हेलियो पी ३५ प्रोसेसर प्रयोग गरिएको छ । फोनमा मेमोरी डिफ्राग्मेन्टेशन २.० सुविधाका साथै फ्रेमबुस्ट र टचबुस्ट सहितको हाइपरबुस्ट २.१ फिचरपनि रहेको छ ।

हाइपरबुस्ट २.१ ले फ्रेम रेट अनुकुलन गर्दै स्थिर तथा इन गेम ग्राफिक्समा न्यून ढिलाई प्रदान गरी टच रेस्पोन्समा सुधार गरी गेम फ्लुएन्सीको मज्जा लिन सघाउँछ ।

फोनमा ४२३० एमएएच क्षमताको ब्याट्री राखिएको छ । ओप्पो ए १५ मा आपतकालिन अवस्थालाई समेत ध्यानमा राखि सुपर पावर सेभिङ मोड फिचर राखिएको छ । फोनमा रियर फिंगरप्रिन्ट सेन्सर र एआई फेस अनलक अनलकको सुविधा समेत रहेको छ ।

ओपो ए १५ मा कलरओएस ७.२ को प्रयोग गरिएको छ । नयाँ फोनमा प्रयोगकर्ताको सहजताका लागि यसमा अद्यावधिक कलर कन्ट्रास्ट सहित डार्क मोड फिचर उपलब्ध छ । थ्री फिंगर स्क्रलिङ स्क्रिनशटले अब हराइजन्टल मोडका साथमा पीडीएफ डक्यूमेन्ट्सपनि सपोर्ट गर्छ ।

साथै, आइकन पुल डाउन जेस्चर र स्मार्ट साइडबार जस्ता सहजता उपलब्ध गराउने फिचरपनि फोनमा समाहित गरिएका छन् । एउटै ल्यान कनेक्शन भएका स्थानमा साथीहरु भेला भइरहेका बखत एउटै गीतको मज्जा एकसाथ सबैले आ आफ्नो फोनमा लिन सघाउने उपयोगी म्यूजिक पार्टी फिचरपनि फोनमा उपलब्ध गरिएको छ ।

ओप्पो ए १५ माघ ५ गतेदेखि ओप्पोका प्रमुख विक्री केन्द्र मार्फत फोन देशभर उपलब्ध गराइएको छ । उपभोक्ताले डायनामिक ब्ल्याक र मिस्ट्रि ब्ल्यू गरी दूई रंग मध्यबाट आफ्नो चाहना अनुसार फोनको छनोट गर्न सक्छन् । नेपाली बजारमा ओप्पो ए १५ को मूल्य १८ हजार ५ सय ९० रुपैयाँ निर्धारण गरिएको छ ।