कीवर्डहरू -

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा नियुक्त

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा नियुक्त

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति समते रहेका प्रधानमन्त्री केपि शर्मा ओलीले थापालाई बुधबार उपकुलपतिमा नियुक्त गरका हुन् ।

डा. भोला थापा काठमाडौं विश्वविद्यालयका पूर्व रजिष्टार तथा स्कूल अफ इन्जिनियरिङका पूर्व डीन समेत हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं विश्वविद्यालयका सहकुलपति कृष्णगोपाल श्रेष्ठ नेतृत्वको सर्च कमिटीले विश्वविद्यालयको उपकुलपतिका लागि वर्तमान उपकुलपति डा. रामकण्ठ माकाजु श्रेष्ठ, भोला थापा र बालचन्द्र लुइँटेललाई सिफारिस गरेको थियो ।