कीवर्डहरू -

स्मार्टवाचले कोरोनाको लक्षण देखिनु अघि नै रोग पत्ता लगाउन सक्ने

स्मार्टवाचले कोरोनाको लक्षण देखिनु अघि नै रोग पत्ता लगाउन सक्ने

स्मार्टवाच र फिटनेस वेयरेबलले कोभिड—१९ को लक्षण देखिनु भन्दा पहिले नै रोग रहेको पत्ता लगाउन सक्ने भएको छ  । यसले कोरोनाको थप संक्रमण फैलिनबाट पनि बचाउन सक्ने छ ।

माउन्ट सिनाइको रिपोर्ट अनुसार एप्पलको वाचले प्रयोगकर्ताको मुटुको धड्कनमा ससानो परिवर्तन आएको पनि थाहापाउन सक्छ । यसले  कोरोना भाइरसको लक्षण देखिन भन्दा एक हप्ता अगाडी नै रोग लागेको पनि देखाउन सक्ने जनाइएकाे छ ।

एप्पल वाचले प्रयोगकर्ता काेराेना पोजिटिभ देखिनु भन्दा एक हप्ता अगाडि नै मुटुको धड्कनमा एकदमै घटबढ भएको देखाउने जनाइएकाे छ । स्ट्यानफाेर्ड विश्वविद्यालय अनुसार एप्पलसँगै गार्मिन, फिटबिट जस्ता कम्पनीहरुको घडीले पनि कोराेना लागेको पत्ता लगाउन सक्छ ।

यसले  अनुमान मात्रै लगाउनेछ । पुरै प्रमाण पाउनका लागी भने कोरोनाको जाँच नै गर्नुपर्ने हुन्छ । अरु पनि थुप्रै अध्ययनहरुले यही परिणाम दिएका छन् ।