कीवर्डहरू -

सामसङले अरु डिभाइसहरुमा पनि एसपेन सपोर्ट दिने

सामसङले अरु डिभाइसहरुमा पनि एसपेन सपोर्ट दिने

सामसङले एसपेन सपोर्ट अरु डिभाइसहरुमा पनि उपलब्ध गराउने भएको छ । हालसम्म एसपेन सपोर्ट ग्यालेक्सी नोट सिरिजहरुका लागी मात्रै उपलब्ध हुने गर्दथ्यो ।

तर अब बिस्तारै सामसङले अरु डिभाइसहरुका लागी पनि एसपेन सपोर्ट सुविधा उपलब्ध गराउन थालेको छ । नयाँ ग्यालेक्सी एस २१ सिरिजमा पनि  एस पेन सपोर्ट सँगै आउने छ ।

कुन कुन उपकरणमा एसपेन सपोर्ट आउँछ भन्ने कुरा चाँहीे सामसङले खुलाएको छैन् । यो धेरै जसो फोल्ड गर्न मिल्ने फोनसँग आउने अनुमान लगाइएको छ ।

सामसङ्ले यो वर्ष फोल्ड गर्न मिल्ने फोनको निर्माण र परिमार्जनमा एकदमै बढि ध्यान दिने जनाएको छ । फोल्ड गर्न मिल्ने फोनले एसपेन सपोर्ट गर्ने भएता पनि यी फोनहरु एस पेन सँगै विक्री भने नहुने बताइएको छ ।