कीवर्डहरू -

फेसबुकमा हाम्रो कुनै आधिकारिक पेज छैन्: दूरसञ्चार प्राधिकरण

फेसबुकमा हाम्रो कुनै आधिकारिक पेज छैन्: दूरसञ्चार प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणले हालसम्म फेसबुकमा आफ्नो आधिकारिक पेज र खाता नभएको बताएको छ ।

बिहीबार एक सूचना सार्वजनिक गर्दैं प्राधिकरणले फेसबुकमा हालसम्म कुनैपनि आधिकारिक पेज/खाता नरहेको जानकारी दिएको हो ।

प्राधिकरणको सूचनामा भनिएको छ, ‘यस प्राधिकरणको नाम तथा लोगो दुरुपयोग गरी सामाजिक संजाल फेसबुक पेज मार्फत भ्रामक जानकारी प्रकाशित गरेको पाइएकोले यस्ता अनधिकृत पेज तथा सो पेजमा रहेका लिंकहरुलाई क्लिक नगर्न तथा आफ्नो कुनै पनि विवरण उपलब्ध नगराउन सबैलाई सचेत गराउँदछौ ।’

फेसबुकमा हालसम्म कुनै आधिकारिक पेज/खाता नरहेको र यस्ता अनधिकृत कार्य गर्ने/गराउनेलाई प्रचलित कानुन बमोजिम कारबाही गर्ने प्राधिकरणले बताएको छ ।

पछिल्लो समय नेपालमा नेपाल टेलिकम, एनसेल लगायत प्रतिष्ठित कम्पनीको नाम र लोगो प्रयोग गरी फिशिङ भइरहेको छ ।

अहिले नेपाल दूरसञ्चार प्राधिकरणको नाम र लोगो प्रयोग गरी फेसबुकमा नक्कली पेज बनाई रोजगारीको लोभ देखाएर फिशिङ हुन् थालेको छ ।