कीवर्डहरू -

नेपाली बजारमा आउँदै सामसङको एस २१ सिरिज, शुक्रबारदेखि प्रि-अर्डर खुल्ला गर्ने तयारी

नेपाली बजारमा आउँदै सामसङको एस २१ सिरिज, शुक्रबारदेखि प्रि-अर्डर खुल्ला गर्ने तयारी

विश्वको अग्रणी इलेक्ट्रोनिक कम्पनी सामसुङले आफ्नो पछिल्लो फ्ल्यागशिप एस २१ सिरिज नेपालमा सार्वजनिक गर्ने भएको छ । सामसङको एन २१ स्मार्टफोन केही दिन अगाडी मात्रै सार्वजनिक भएको थियो ।

कम्पनीका अनुसार एन २१ सिरिज फोनको प्रि अर्डर २२ जनवरीदेखि सुरु हुनेछ । विश्वभर प्रयोगकर्ताहरुले यसको अत्याधुनिक डिस्प्ले, सुधार गरिएको क्यामेरा र आकर्षक डिजाइनका लागि उक्त मोडललाई निकै रुचाएका छन् ।

यो स्मार्टफोन उत्कृष्ट क्यामेरा खोज्ने प्रयोगकर्ताहरूको लागि शक्तिशाली प्रोसेसर सहित बनेको कम्पनीको दाबी छ ।

विभिन्न रंगमा उपलब्ध यस फोनको डिजाइनले नयाँ स्टाइलसहित एक परिष्कृत रुप प्रदान गरेको छ । सामसुङ नेपालले यस स्मार्टफोन खरिद गर्न चाहने उपभोक्ताहरुका लागि आकर्षक योजना सहित प्रि अर्डर घोषणा गर्ने दाबी गरेको छ ।