कीवर्डहरू -

ड्राइभिङ लाइसेन्सको अनलाइन फर्म आवेदनमा कोटा सिस्टम हट्यो, यसरी भर्नुहोस् अनलाइन फर्म

ड्राइभिङ लाइसेन्सको अनलाइन फर्म आवेदनमा कोटा सिस्टम हट्यो, यसरी भर्नुहोस् अनलाइन फर्म

यातायात व्यवस्था विभागले शुक्रबार अर्थात आजबाट सवारी चालक अनुमति पत्र लाइसेन्सको आवेदनमा कोटा सिस्टम हटाएको छ । विभागले विहीबार नै एक सूचना प्रकाशित गरी माघ ९ गतेबाट कोटा सिस्टम हट्ने जानकारी दिएको थियो ।

यसअघि लाइसेन्सको आवेदन दिदा कोटा सिस्टमले गर्दा सेवाग्राहीलाई झन्झट भएको थियो । अब भने कोटो सिस्टम हटेकाले दैनिक जतिले पनि आवेदन दिन सक्नेछन् ।

विभागले यसअघि सर्भरमा आएको समस्यालाई समाधान गरिसकेको छ । सिस्टम सुधार भएकाले अब सेवाग्राहीलाई समस्या नहुने विभागको दाबी रहेको छ ।

यसरी भर्नुहोस् अनलाइन फर्म

ड्राभिङ लाइसेन्सको अनलाइन फर्म भर्न सुरुमा यहाँ क्लिक गर्नुहोस् । त्यसपछि साइट खुल्छ र साइटको दायाँ साइडमा अनलाइन सवारी चालक अनुमति पत्र प्रणाली लेखिएको ठाउँमा क्लिक गर्नुहोस् । यति गरेपछि सबभन्दा माथि अनलाइन ड्राइभिङ लाइसेन्स रजिस्ट्रेसनमा जाने।

नयाँ पेज देखिएपछि क्याटोगोरीमा गई नयाँ लाइसेन्स, लाइसेन्स रिन्यू, वा प्रतिलिपिमध्ये एक विकल्प छानेर तल प्रोसिड लेखिएको ठाउँमा क्लिक गर्ने र व्यक्तिगत विवरण भरेर आफूलाई पायक पर्ने परीक्षा केन्द्र छानेर सबमिट गर्नु पर्नेछ ।

त्यसपछि ‘एप्लिकेन्ट सेभ्ड् सक्सेसफुल्ली’ देखिन्छ । त्यहाँ ओकेमा क्लिक गर्ने। र, अन्त्यमा प्रिन्टमा क्लिक गरेपछि तपाईंको फर्म भरिन्छ ।