कीवर्डहरू -

सबैभन्दा राम्रो कार्बन क्याप्चर प्रविधिलाई १०० मिलियन डलर दिने एलन मस्कको घोषणा

सबैभन्दा राम्रो कार्बन क्याप्चर प्रविधिलाई १०० मिलियन डलर दिने एलन मस्कको घोषणा

एलन मस्कले सबैभन्दा राम्रो कार्बन क्याप्चर प्रविधिलाई १०० मिलियन डलर पुरस्कार दिने घोषणा गरेका छन् । उक्त १०० मिलियन डलर पुरस्कार एउटा प्रतिस्पर्धा मार्फत दिइनेछ ।

प्रतिस्पर्धाको विवरण चाँही अर्काे हप्ता आउने बताइएको छ । कार्बन क्याप्चर प्रविधिले वातावरणमा रहेको हानी पु¥याउने तत्वलाई हटाएर मौसम परिवर्तनको बढ्दो दरलाई कम गर्ने गर्दछ ।

Am donating $100M towards a prize for best carbon capture technology

— Elon Musk (@elonmusk) January 21, 2021 ">http://

Am donating $100M towards a prize for best carbon capture technology

— Elon Musk (@elonmusk) January 21, 2021

यो भन्दा पहिले एक्स प्राइजले पनि यस्तै खालको प्रतिस्पर्धा गराएको थियो र अन्तिम राउण्डका पाँच जना प्रतिस्पर्धाीलाई २० मिलियन डलर पुरस्कार प्रदान गरेको थियो ।

तर मस्कको प्रतिस्पर्धाले एक्स प्राइज भन्दा पाँच गुणा बढि रकम दिने भएको छ । यो भन्दा पहिले पनि वातावरण जोगाउनका लागी यस्तो खालको प्रोजेक्टहरु आयोजना भइरहने गर्दछन् ।

हालैमा ईएफपीएलले गाडीहरुले निकाल्ने ९० प्रतिशत हानीकारक पदार्थलाई लिक्वीड सीओटू मा परिणत गर्ने कार्बन क्याप्चर प्रविधि ल्याएको थियो ।