कीवर्डहरू -

भायानेटको इएमआई अफर, वार्षिक ग्राहक बन्दा मासिक किस्ताबन्दीमा शुल्क तिर्न सकिने

भायानेटको इएमआई अफर, वार्षिक ग्राहक बन्दा मासिक किस्ताबन्दीमा शुल्क तिर्न सकिने

भायानेटले ग्राहकहरुलाई किफायती मूल्यमा उत्कृष्ट इन्टरनेट प्रदान गर्नको लागि इएमआई  अफर ल्याएको छ ।

इएमआई अफरअन्तर्गत ग्राहकहरुले आफूले लिन चाहेको भायानेट इन्टरनेटको प्याकेजको वार्षिक ग्राहक बन्दा एकमुष्ट रकम नतिरी इएमआई अर्थात् मासिक किस्ताबन्दीमा सरलरुपले शुल्क तिर्न सकिने प्रावधान छ ।

यो अफरमार्फत ग्राहकले १२ महिनाको अवधिको मासिक इएमआई मात्र रु. १९५६ तिरेमा १२ महिनाको अवधिको ३० एमबीपीएस इन्टरनेट र भायाटीभी टेलिभिजन प्याकेज र त्यस सम्बन्धी लाग्ने सबै जडान खर्च, फाइबर वाइफाई डिभाइस र एउटा सेट–टप–बक्स (वैकल्पिक) सहित प्राप्त गर्न सक्नेछन् ।

इएमआई अफर लिने ग्राहकलाई थप १००० रिवार्ड प्वाईट पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ । यो अफर भायानेटको अन्य प्याकेजमा पनि उपलब्ध छ ।

यो अफर हाल एनआईसी एशिया बैंकको क्रेडिट कार्ड ग्राहकहरुको लागि सीमित छ । तर छिट्टै नबिल बैंक र अन्य बैंकहरुसँग पनि समझदारी हुने बताइएको छ ।

यसरी इएमआईमा पैसा तिर्दा ग्राहकहरुले १ वर्षको इन्टरनेट सहित जडान खर्च र डिभाइसहरुको मूल्य सजिलै मासिकरुपमा बिस्तारै तिर्ने सुविधा प्रदान गरिएको छ ।