कीवर्डहरू -

युट्युबले सार्वजनिक गर्याे ह्यासट्यागको नयाँ फिचर

युट्युबले सार्वजनिक गर्याे ह्यासट्यागको नयाँ फिचर

ट्विटर र इन्स्टाग्रामले ह्यासट्यागको तरङ्ग ल्याएदेखि यो फिचर एकदमै चर्चित बन्न पुगेको छ । यही ट्रेन्डलाई पछ्याउँदै युट्युबले पनि ह्यासट्यागको फिचर ल्याएको छ ।

गूगलले युट्युबको भिडियोहरुलाई मेटाडेटा ट्याग प्रयोग गरेर संगठित गरेको छ । अब कुनै भिडियोको अन्त्य वा भिडियोको सुरुवातमा रहेको ह्यासट्यागमा थिचेमा त्यस्तो खालको अरु भिडियोहरु पनि रहेको पेज खुल्ने गर्दछ ।

यो फिचरलाई www.youtube.com/hashtag/yourterm टाइप गरेर पनि प्राप्त गर्न सकिन्छ । युटयुबले यो फिचरले गर्दा ट्याग भएको भिडियो मात्रै हाईलाईट गर्न थालेको छ ।