कीवर्डहरू -

टेस्लाले एक इन्जिनियरलाई लगायो सफ्टवेयर चोर्न खोजेको आरोप 

टेस्लाले एक  इन्जिनियरलाई लगायो  सफ्टवेयर चोर्न खोजेको आरोप 

विद्युतिय कार निर्माता कम्पनी टेस्लाले आफ्नो कम्पनीमा पहिला काम गर्ने एकजना कर्मचारीलाई सफ्टवेयर चोर्न खोजेको आरोप लगाएको छ । कम्पनीले एलेक्स खातीलोभ इन्जिनियरलाई वार्प ड्राइभ सफ्टवेयर चोर्न खोजेको आरोप लगाएको हो ।

डिसेम्बर २०२० मा काम गर्न सुरु गरेको तीन दिनमै सफ्टवेयर चोर्न खोजेको कम्पनीको भनाई छ । रिपोर्टका अनुसार खातीलोभले हजारौँ वार्प ड्राइभसँग सम्बन्धित स्क्रीप्ट फाइल आफ्नो निजी ड्रपबक्स अकाउन्टमा कपी गरेका थिए ।

अन्वेषकहरुले यो विषयमा छानबिन गर्न खोज्दा, खातीलोभले निजी डक्यूमेन्ट मात्रै सारेको बताएका थिए । टेस्लाको अनुसार उनले इन्टरभ्यूको सुरुवातमा ड्रपबक्स अकाउन्टलाई डिलिट गर्न पनि खोजेका थिए ।

उनले टेस्लाको अरु पनि फाइल चोरी गरेको टेस्लाले अनुमान गरेको छ । टेस्लाले सदैव आफ्नो प्रविधिको सुरक्षामा एकदमै ध्यान पु¥याउने गर्दछ । रिपोर्ट साँँचो भएमा टेस्लाले सुरक्षामा अझै विशेष ध्यान पु¥याउँछ भनेर अनुमान लगाउन सकिन्छ ।