कीवर्डहरू -

५ हजार एमएएच ब्याट्री सहित नेपाली बजारमा सार्वजनिक भयो कुलप्याडको नयाँ फोन  

५ हजार एमएएच ब्याट्री सहित नेपाली बजारमा सार्वजनिक भयो कुलप्याडको नयाँ फोन  

नेपाली बजारमा कुलप्याड कुल १० स्मार्टफोन सार्वजनिक भएको छ । ६.५३ इन्च इनसेल डिस्प्ले भएको कुलप्याडको कुल टेन फोन नेपाली बजारमा उपलब्ध भएको हो ।

फोनमा मिडिया टेकको हेलियो पी ६० प्रोसेसर राखिएको छ । यो फोन एन्ड्रोइड टेनमा चल्ने गर्दछ । कुलप्याड कुन १० मा ४ जीबी र्‍याम र ६४ जीबी इन्टरनल स्टोरेज रहेको छ ।

फोनमा फछाडी पट्टी ट्रिपल क्यामेरा सेटअप रेहको छ । जसमा १६ मेगापिक्सेल मेन क्यामेरा, ०.३ मेगापिक्सेल म्याक्रो सेन्सर र ०.३ मेगापिक्सेल डेप्थ सेन्सर सेन्सर रहेको छ ।

त्यस्तै फोनमा ८ मेगापिक्सेलको फ्रन्ट अर्थात सेल्फी क्यामेरा रहेको छ । फोनमा ५ हजार एमएएचको शक्तिशाली ब्याट्री राखिएको छ ।

यस फोनले कुनै फास्ट चार्जिङ प्रविधि भने सपोर्ट गर्दैंन । यसमा टाइप सी पोर्ट राखिएको छ । फोनमा फेस अनलक र फिङ्गरप्रिन्ट स्क्यानरको सुविधा रहेको छ ।

कुलप्याड कुल १० को मूल्य नेपाली बजारमा १६ हजार ५९५ रुपैयाँ तोकिएको छ । फोन नेपालको ईकमर्स कम्पनी दराजबाट खरिद गर्न सकिने छ ।