कीवर्डहरू -

मोबाइल सर्चका लागी गूगलले सार्वजनिक गर्याे नयाँ डिजाइन

मोबाइल सर्चका लागी गूगलले सार्वजनिक गर्याे नयाँ डिजाइन

गूगल सर्चले मोबाइल भर्सनका लागी नयाँ डिजाइन सार्वजनिक गरेको छ । नाइन टू फाइभ गूगल रिपोर्टका अनुसार गूगलले मोबाइल सर्चका लागी  नौलो रिडिजाइन गरेको हो ।

यस अघि गूगल सर्च डेक्स्टपका लागी एकदमै सहज भएता पनि मोबाइल भर्सनका लागी गूगलले अझै सुधार गर्नुपर्ने देखिने गर्दथ्यो । यही कुरालाई मध्यनजर गरेर यो नयाँ डिजाइन मार्फत सर्च गर्ने प्रक्रियालाई अझै सहज बनाएको छ ।

यसमा प्रयोगकर्तालाई आर्कषण गर्नका लागी आर्षक रङ्गहरुको प्रयोग गरिएको छ । यसमा फन्टहरुलाई पनि केही अपडेट गरिएको छ । चाँडै र सजिलो तरीकाले रिजल्ट आउने हुँदा यसले प्रयोगकर्तालाई केही कुरा सर्च गर्न झनै सजिलो बनाउने छ ।

यसमा राम्रो तरीकाले भिजुअल स्पेस पनि हुनेछ जसले गर्दा आँखालाई थकान पनि हुदैन् । यी परिवर्तनहरु बिस्तारै रोल आउट हुँदै जाने बताइएको छ ।