कीवर्डहरू -

नागरिक एप प्रयोग गर्दा खर्च हुने डेटा निःशुल्क गर्ने तयारी

नागरिक एप प्रयोग गर्दा खर्च हुने डेटा निःशुल्क गर्ने तयारी

सरकारले नागरिक एप प्रयोग गर्दा खर्च हुने मोबाइल डेटा निःशुल्क गर्ने तयारी गरेको छ । यसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टेलिकम सेवा प्रदायकसँग डेटा निःशूल्क गर्न छलफल गरिरहेको छ ।

सरकारले गत माघ २ गते सम्भव भएसम्मका सबै सार्वजनिक सेवाहरु मोबाइलबाटै प्रदान गर्ने उदेश्यले  नागरिक एपको बेटा भर्सन सार्वजनिक गरेको थियो ।

हाल परीक्षणको चरणमा रहेको नागरिक एपमा ९ ओटो सेवाहरु राखिएको छ । हाल एप मार्फत् नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र, तथा मतदात परिचयपत्र सम्बन्धि विवरणहरु प्राप्त गर्न सकिने छ ।

साथै  नागरिक लगानी कोष,सामाजिक सुरक्षा कोषको खातामा जम्मा भएको रकम र ऋणको विवरण जानकारी लिन सकिने छ ।

नागरिक एपबाट हेलो सरकारमा गुनासो समेत गर्न सकिने छ । एपबाट गुनासोको सम्बोधन भयो की भएन भनेर जानकारी समेत लिन सकिने छ । एपबाट सार्वजनिक बिदाको दिन समेत सेवा लिन सकिने छ ।

एन्ड्रोइड फोनका लागि नागरिक एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् भने आइफोनका लागि नागरिक एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।