कीवर्डहरू -

एज ब्राउजरमा आयो पासवर्ड मनिटर फिचर, डेटा ब्रिच या सुरक्षामा समस्या आए जानकारी दिने 

यसले होमोमर्फिक इन्क्रिप्सन प्रयोग गरेर माइक्रोसफ्टलाई पनि पासवर्ड पत्ता लगाउन दिदैन् ।

एज ब्राउजरमा आयो पासवर्ड मनिटर फिचर, डेटा ब्रिच या सुरक्षामा समस्या आए जानकारी दिने 

माइक्रोसफ्टले एज ब्राउजरका लागी पासवर्ड मनिटर फिचर ल्याएको छ । टेकराडरको रिपोर्ट अनुसार यो फिचरले गर्दा एजले एउटै पासवर्ड थुप्रै ब्राउजरका लागी उपयोग गरेमा नोटिफिकेसन दिने गर्दछ ।

यस्तो खालको फिचर क्रोम र फायरफक्समा पनि उपलब्ध छ । पासवर्ड मनिटरले कुनै खालको डेटा ब्रिच या सुरक्षामा समस्या आएमा एज ब्राउजरको प्रयोगकर्तालाई जानकारी समेत दिने गर्दछ ।

यसले पासवर्ड परिवर्तन गर्नका लागी पनि सुझाव दिने गर्दछ । यसले नयाँ खालको इन्क्रिप्सन प्रयोग गर्ने गर्दछ । यसले सुरक्षा प्रदान गर्नका लागी डार्क वेबलाई पनि स्क्यान गर्ने गर्दछ ।

यसको एउटा नयाँ फिचरले भने यसलाई क्रोम र फायरफक्स भन्दा भिन्न बनाउँछ । यसले होमोमर्फिक इन्क्रिप्सन प्रयोग गरेर माइक्रोसफ्टलाई पनि पासवर्ड पत्ता लगाउन दिदैन् । यो फिचर प्रयोगकर्ताहरुका लागी रोल आउट भइरहेको छ ।