कीवर्डहरू -

आर्टिफिसियल इन्टेलिजेन्ससहितको एलजीको वासिङ्ग मेसिन नेपाली बजारमा

आर्टिफिसियल इन्टेलिजेन्ससहितको एलजीको वासिङ्ग मेसिन नेपाली बजारमा

नेपालमा एल.जी. ब्राण्डका लागि आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गतको सी.जी. इम्पेक्सले एल.जी.को आर्टिफिसियल इन्टेलिजेन्ससहितको वासिङ मेसिन बजारमा ल्याएको छ ।

वासिङ मेसिनमा आर्टिफिसियल इन्टेलिजेन्स जस्ता लेटेस्ट प्रविधि रहेको छ । जसले कपडाको तौलको साथसाथै कोमलता, नाजुकता जस्ता विशेषताहरु पत्ता लगाउँछ । र, यसले कपडाको धुने प्रदर्शन बढाउनुका साथै कपडाको गुणस्तर १८ प्रतिशत ले जोगाउँछ ।

आर्टिफिसियल इन्टेलिजेन्स वासिङ मेसिनले विग डाटा विथ डिप लनिङ्ग उपयोग गरेर कपडाहरु अत्याधुनिक तरिकाले धुन्छ ।

यस वासिङ मेसिनमा स्टिम प्लस प्रविधि रहेको छ जसले कपडाको हरेक रेशारेशा भित्र पसेर ९९.९ प्रतिशत किटाणु नष्ट गर्छ र हाइजेनिक वास दिनुका साथै ३० प्रतिशत कपडाहरुलाई खुम्चिन बाट बचाउँदछ ।

टर्वो वास ३६० डिग्री र ४ हाई स्पिड स्प्रे नजल विथ इन्भर्टर पम्प टेक्नोलोजी रहेको यस मेसिनले उच्च र कम गति आवश्यकताअनुसार पानीका फोहोरा फाल्छ र ३९ मिनेटमा वास साइकल पुरा गर्दछ जसले विजुली र समयको बचत गर्छ ।

यसमा मिसएलिगेन्ट १०० प्रतिशत स्टेनलेस स्टिल लिफ्टर छ जसले गर्दा कपडाहरुमा रहेको किटाणु नष्ट गरि हाइजेनिक र कपडा गनाउन दिँदैन ।

यसमा टेम्पर ग्लास डोर छ जसमा स्क्र्याच नलाग्ने स्थायित्व प्रतिरोधि हुनुका साथसाथै एलिगेन्ट डिजाइन, वास साइकल छनोट गर्ने आकर्षक मेटालिक नव र विग एलइडी डिस्प्ले रहेको छ ।

कम्पन सेन्सर, सुधारिएको ड्याम्पर तौल ब्यालेन्सरको मद्दतले रिन्ज र स्पिनको बेलामा मेसिनलाई  स्थिर, लो–नोइज र कम्पन मुक्त गर्दछ ।