कीवर्डहरू -

नेटफ्लिक्सले एन्ड्रोइड एपमा स्टुडियोको जस्तै साउण्ड क्वालिटी दिने 

नेटफ्लिक्सले एन्ड्रोइड एपमा स्टुडियोको जस्तै साउण्ड क्वालिटी दिने 

नेटफ्लिक्सले आफ्नो एन्ड्रोइड एपमा स्टुडियो जस्तै साउण्ड एफेक्ट सुविधा सहित नयाँ अपग्रेड ल्याएको छ । नेटफ्लिक्सले एनड्रोइड एपलाई एक्सएचई—एएसीमा स्ट्रीम गर्न मिल्ने बनाएकाले साउण्ड क्वालिटी अझै राम्रो भएको छ ।

यो सुविधा राम्रो इन्टरनेट कनेक्सन भएको बेलामा मात्रै पाउन सकिन्छ । इन्टरनेट राम्रो नभएमा पहिलेको जस्तै नै आवाज आउनेछ । यसमा लाउडनेस व्यवस्थापन छ जसले गर्दा आवाजको गुणमा फरक आएता पनि त्यसले दर्शकलाई खासै असर पार्दैन् ।

एक्सएचई—एएसीको फिचर प्रयोग गर्नका लागी कमसेकम एनड्रोइड ९ पाई हुनुपर्ने हुन्छ । यसले रातीको समयमा झन बढि राम्रो इफेक्ट दिन्छ । यसले हल्लाको वातावरणमा पनि सुन्नका लागी सजिलो पार्छ ।