कीवर्डहरू -

सूचना प्रविधिको विकासका लागि ‘सूचना प्रविधि लगानी सम्मेलन’ आयोजना गर्ने सरकारको तयारी

सूचना प्रविधिको विकासका लागि ‘सूचना प्रविधि लगानी सम्मेलन’ आयोजना गर्ने सरकारको तयारी

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले डिजिटल नेपाल फ्रेमवर्क र साइबर सुरक्षा बारे नेपालका विज्ञहरुसँग छलफल गरेका छन् ।

मन्त्री गुरूङले सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा डिजिटल नेपाल फ्रेमवर्क तथा साइबर सुरक्षा बारे सरोकारवालासँग छलफल गरेका हुन् ।

उक्त कार्यक्रममा मन्त्री गुरूङले डिजिटल नेपाल फ्रेमवर्क डिजिटल नेपालको रुपान्तरणकारी योजना भएको बताएका छन् ।

कार्यक्रममा उनले सूचना प्रविधिको विकासका लागि अन्तर्राष्ट्रिय स्तरको सूचना प्रविधि लगानी सम्मेलन आयोजना गर्ने तयारी गरिरहेको बताए । साथै एप सार्वजनिक गर्ने नाममा बजेट मात्रै खर्च गर्ने पक्षमा सरकार नभएको उनले जानकारी दिए ।

उक्त अन्तरक्रिया कार्यक्रममा विज्ञहरूले सरकारले नागरिक एप ल्याउनु धेरै ठूलो काम भएको बताएका थिए । साथै नेपालको साइबर सुरक्षामा विज्ञहरूले योगदान गर्ने प्रतिवद्दता पनि जनाएका थिए ।

डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गर्न विज्ञहरुसँग निरन्तर छलफल गर्दैं अगाडी बढ्ने मन्त्री गुरूङले बताए ।  सो कार्यक्रममा डिजिटल नेपाल बनाउन सरकार र नीजि क्षेत्रले गर्ने प्रयासहरुको बारेमा पनि छलफल भएको थियो ।

कार्यक्रममा सहभागीहरुले डिजिटल नेपाल बनाउने अभियानमा सरकार पूर्ण प्रतिबद्धता सहित अगाडी बड्नुपर्ने  भन्दै आफ्नो आफ्नो तर्फबाट सुझाब दिएका थिए ।

मन्त्रालयले अगामी १४ गते इन्टरनेट सेवा प्रदायक र नियामक निकायसँग डिजिटल फाउन्डेसन र कनेक्टिभिटीको बारेमा छलफल गर्नेछ ।