कीवर्डहरू -

काठमाडौँ अर्गानिक्सले पायो एपाक इन्साइडर बिजनेस अर्वाड २०२०

काठमाडौँ अर्गानिक्सले पायो एपाक इन्साइडर बिजनेस अर्वाड २०२०

काठमाडौँ अर्गानिक्सले एपाक इन्साइडर बिजनेस अर्वाड २०२० पाएको छ । काठमाडौँ अर्गानिक्सले बेस्ट अनलाइन सस्टेनेबल प्रोडक्ट मार्केटप्लेस २०२०—नेपाल र इको कन्सीअस प्रोडक्ट २०२० को क्याटोगोरीमा एक्सीलेन्स अर्वाड प्राप्त गरेको हो ।

‘क्युरेटेड बजार मार्फत दुर्गम क्षेत्रको ग्रामीण उत्पादकहरुलाई शहरी क्षेत्रका उपभोक्ताहरुसँग जोड्ने हाम्रो प्रयासका लागी हामीले अर्वाड पाएका छौँ। यसमा हामी एकदमै खुशी छौँ ।’ काठमाडौँ अर्गानिक्सका सहसंस्थापक भुवन केसीले बताए ।

बेलायतको विजनेश म्यागेजिन एपाक इन्साइडरले हरेक वर्ष एपाक इन्साइडर बिजनेस अर्वाड २०२० प्रदान गर्ने गर्दछ ।  काठमाडौँ अर्गानिक्सले देशव्यापी रुपमा लोकल, अर्गानिक र हातले बनाएको सामाग्रीलाई क्युरेटेड अनलाइन प्लेटफर्म दिने गरेको छ ।

कम्पनीले कृषक, सहकारी र उद्यमीहरुसँग सहकार्य गरेर सामाग्रीहरुको सस्टेनेबल भाल्यु चेन सिर्जना गर्न काम गरिरहेको छ । २०१७ देखि अहिले सम्ममा काठमाडौँ अर्गानिक्सले ७०,००० भन्दा बढि डेलिभरी गरिसकेको छ । कम्पनीले नेपालको ४० भन्दा बढी जिल्लाका कृषकसँग सहकार्य गर्दै आएको छ ।