नेपालको डिजिटल मोबाइल वालेट खल्तीले चार वर्ष पुरा गरेको छ । सन् २०१७ को जनवरीमा सार्वजनिक भएको खल्ती नेपालको लोकप्रिय मोबाइल वालेट हो ।
खल्ती डिजिटल वालेटलाई स्प्यारो पे प्रालिले सञ्चालन गरिरहेको छ । स्प्यारो पे जानकी टेक्नोलोजीको प्यारेन्ट कम्पनी हो ।
खल्तीले मोबाइल एपबाट मात्र नभएर ८ हजार भन्दा बढी एजेन्ट नेटवर्कबाट समेत सेवा प्रदान गरिरहेको छ ।
डिजिटल भुक्तानी सेवा प्रदायक खल्तीको मोबाइल प्ले स्टोरबाट १० लाख भन्दा बढी डाउनलोड भइसकेको छ । भने एप्पलमा १ लाख पटक डाउनलोड भएको छ ।
प्ले स्टोरमा तीन वर्षमै १० लाख डाउनलोड हुन सफल खल्ती पहिलो नेपाली मोबाइल वालेट हो । खल्तीले सरकारको डिजिटल नेपालको सपनालाई साकार पार्न आफ्नो क्षेत्रबाट योगदान गरिरहेको छ ।
हरेक घर र परिवारका हरेक सदस्यलाइ खल्तीमार्फत् डिजिटल भुक्तानीमा जोड्ने उद्देश्य खल्तीको छ । खल्तीको प्रयोग गरेर नियमित रूपमा १० लाखभन्दा बढी व्यक्तिले विभिन्न बिल भुक्तानी गर्दैआएका छन् ।
खल्तीबाट विभिन्न उपयोगिता बिल भुक्तानी सेवाहरू, मोबाइल रिचार्ज, डीटीएच रिचार्ज, आन्तरिक हवाइ उडानको टिकट बुकिंग, चलचित्र टिकट बुकिंग, विभिन्न कार्यक्रमको टिकट बुकिँग, होटल बुकिंग, अखबारको ग्राहक शुल्क तिर्ने लगायतका विभिन्न डिजिटल भुक्तान सेवाहरूका सथै विभिन्न अनलाइन साइटहरूबाट किनमेल गरेको बिल तिर्न सकिन्छ ।
खल्तीमा बैंक, क्यास डिपोजिट, खल्ती पसल, वालेट, डेबिट क्रेडिट कार्ड तथा कनेक्ट आइपीएसबाट पैसा राख्न सकिन्छ ।
आईसीटी समाचार