कीवर्डहरू -

फेसबुकले बेलायतमा पनि सार्वजनिक गर्याे न्यूज ट्याब फिचर

फेसबुकले बेलायतमा पनि सार्वजनिक गर्याे न्यूज ट्याब फिचर

फेसबुकले आफ्नो न्यूज ट्याब फिचर बेलायतमा पनि सार्वजनिक गरेको छ । यो फिचरलाई फेसबुकले पहिलो चोटि अमेरिका बाहिर मङ्गलबार लञ्च गरेको हो । न्यूज ट्याबको फिचरलाई फेसबुक एपको मेन्यूबाट पाउन सकिन्छ ।

यसमा त्यो दिनको टप स्टोरीहरु आउने गर्दछ । ठूलो खालको इभेन्टका लागी न्यूज डाइजेस्ट भनेर आउँछ जसले ‘आधिकारिक’ या मूल रिपोर्टिङ्लाई हाईलाइट गर्ने गर्दछ । अहिले भने फेसबुकले कोभिडको जानकारीलाई हाईलाईट गर्ने गर्दछ । यसमा विज्ञान तथा प्रविधि, व्यवसाय, मनोरञ्जन, स्वास्थ्य र खेलकुद गरेर भिन्दाभिन्दै सेक्सन राखिएको छ ।

यसमा प्रयोगकर्ताले आफूलाई मनलागेको विषय छानेर पढ्न सक्छन् । त्यो सँगै न्यूज फीडमा मान्छे अथवा पेजहरुले सेयर गरेकोे पनि पोष्टहरु आउनेछ ।

यसमा फोर न्यूज, डेली मेल ग्रुप, फाइनान्सीयल टाइम्स, स्काई न्यूज, टेलिग्राफ मिडिया ग्रुप र डीसी थम्पसन जस्ता च्यानलहरुको न्यूज फिचर गर्नेछ । त्यस्तै फेसबुकले द गार्डिअन, द इकोनोमिस्ट र एसटीभी जस्ता कम्पनीहरुसँग पनि सहकार्य गरेको छ । फेसबुकले फ्रान्स र जर्मनीसँग पनि न्यूज राख्ने कुरा गरिरहेको छ ।