ट्वीटरले गलत सूचना फैलिन नदिनका लागी बर्डवाच भन्ने नयाँ फिचर ल्याउने भएको छ । यसले ट्वीटरकै अरु प्रयोगकर्तालाई सोधेर तथ्य हो की हैन भनेर पत्ता लगाउने गर्दछ ।
कम्पनीले यो फिचर आधिकारिक रुपमा नयाँ पाइलट प्रोग्राम सहित ल्याउने भएको छ । यो फिचरले अरु प्रयोगकर्तालाई जानकारी गलत लागेमा सही जानकारीका लागी नोटलेख्न दिन्छ । यसमा प्रयोगकर्ताले फ्लयाग राख्न पनि सकने छन् ।
यसले गलत सूचना फैलिनलाई धेरै हद सम्म रोक्न सक्ने अनुमान लगाइएको छ । यो फिचर सुरुमा थोरै प्रयोगकर्ताका लागी उपलब्ध हुनेछ र पछि भने सबैले यो फिचर प्रयोग गर्न सक्नेछन् ।
गलत सूचना फैलिन नदिनका लागी काम गरेको ट्वीटरको यो ठूलोनै प्रयत्न हो । अब ट्वीटरले कर्मचारीलाई तथ्य हेर्नका लागी पनि लगाउनुपर्दैन् ।