कीवर्डहरू -

टेलिग्राममा यसरी लुकाउनुहोस् आफ्नो लास्ट सीन

टेलिग्राममा यसरी लुकाउनुहोस् आफ्नो लास्ट सीन

ह्वाट्सएपको नयाँ प्राइभेसी नीतिले गर्दा धेरै जसो प्रयोगर्ताले अरु मेसेज गर्न मिल्ने एपहरुलाई पछ्याइरहेका छन् ।

यो कुराको सफलता पाइरहेको एप मध्ये एक टेलिग्राम पनि हो । ह्वाट्सएप जसरी नै टेलिग्रामले पनि प्रयोगकर्ताहरुलाई आफ्नो लास्ट सीन लुकाउन दिन्छ ।

आज हामी तपाईलाई म्यासेजिङ एप टेलिग्राममा कसरी लास्ट सीनलाई लुकाउने भनेर जानकारी दिदैछौं ।

१. सर्वप्रथम आफ्नो स्मार्टफोनमा टेलिग्राम एप खोल्नुहोस् ।
२. त्यसपछि माथिल्लो बाँया भागमा रहेको ह्यामबर्गर जस्तो आइकनमा क्लीक गर्नुहोस् ।
३. यसपछि मेन्यूमा रहेको सेटिङ अपसनमा थिच्नहोस् ।
५. यति गरेपछि भने सेटिङमा नै रहेको प्राइभेसी र सेक्यूरिटी अप्सनमा क्लीक गर्नुहोस् ।
६. त्यसपछि ‘लास्ट सीन’ अप्सनमा थिच्नुहोस्
७. यो सबै स्टेप पछि डिफल्ट सेटिङ्गको ‘एभरीबडी’ बाट नोबडी बनाउन सकिन्छ ।
८. अब माथिल्लो दाँया भागमा रहेको राईट आइकनमा थिच्ने र त्यसपछि लास्ट सीन हेर्न मिल्दैन् ।
९. अन्त्यमा गएर ओके बटनमा थिच्नुहोस् ।

यसरी टेलिग्राममा लास्ट सीन कसैले हेर्न नसक्ने बनाउन सकिन्छ ।