आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित ‘आइएमई पे’ र बिराटचोक मोरङ्गस्थित इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता समितीबीच सम्झौता भएको छ ।
सम्झौता अनुसार उक्त क्षेत्रका खानेपानी उपभोक्ताले खानेपानीको महसुल ‘आइएमई पे’ वालेटमार्फत भुक्तान गर्न सक्नेछन् ।
सम्झौता पत्रमा ‘आइएमई पे’ का तर्फबाट अधिकृत भवानी प्याकुरेल र इन्द्रपुर खानेपानीका संचालक सुजता चौलागाईंले हस्ताक्षर गरेका छन् । यस सम्झौताबाट ६ हजार घरधुरी लाभान्वित हुनेछन् ।