सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले आइसिटी अवार्डका विजेताहरूसँग भेटघाट गरेका छन् ।
बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री गरूङले आइसिटी अवार्डका विजेता तथा सूचना प्रविधि क्षेत्रका विज्ञसँग भेटघाट गरेका हुन् ।
साथै सञ्चार तथा सूचना प्रविधि क्षेत्रका विज्ञसँगको सहकार्यबिना डिजिटल नेपालको सपना अधूरो रहने समेत उनले बताए ।
गत पुस ११ गते सोल्टी क्राउन प्लाजामा पाँचौं संस्करणको हुवावे आइसिटी अवार्ड सम्पन्न भएको थियो । यसपटकको अवार्ड विभिन्न १२ विधामा प्रदान गरिएको थियो ।
यस पटकको स्टार्टअप आइसिटी अवार्ड क्रिप्टोजेन नेपाल, प्रोडक्ट आइसिटी अवार्ड सीपीएफडीएस, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड सञ्चै छौं, इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड पाइला इमरजेन्सी रिससीएटर र डिजिटल एजुकेसन अवार्ड बुढानिलकण्ठ स्कूलले प्राप्त गरेका थिए ।
आईसीटी अवार्डका विजेता तथा सूचना प्रविधि क्षेत्रका विज्ञसँगको यो भेटघाट ‘सूचना प्रविधिमैंत्री नेपाल’ बनाउने अभियानमा कोशेढुङ्गा बन्ने सञ्चारमन्त्री गुरूङले बताए ।
त्यस्तै पायोनियर आइसिटी अवार्ड निलकण्ठ उप्रेती, आन्ट्रप्रेनर आइसिटी अवार्ड बिनय बोहरा, नेपाली डायसपोरा आइसिटी अवार्ड गौरभ राज उपाध्याय, वमन आइकन आइसिटी अवार्ड तिमिला यमी थापा, मिडिया पर्सन आइसिटी अवार्ड किरण आचार्य र जुरी मेन्सन आइसिटी अवार्ड हाम्रो स्वास्थ्यले प्राप्त गरेका थिए ।