कीवर्डहरू -

माघ २७ गते नेपालमा पनि मनाइदैं ‘सुरक्षित इन्टरनेट दिवस’

माघ २७ गते नेपालमा पनि मनाइदैं ‘सुरक्षित इन्टरनेट दिवस’

माघ २७ गते नेपालमा पनि सुरक्षित इन्टरनेट दिवस मनाइने भएको छ । बालबालिका र युवाका लागि इन्टरनेट सुरक्षित बनाउने उदेश्यसहित यस वर्ष ९ फेब्रुवरीमा (माघ २७ गते) सुरक्षित इन्टरनेट दिवस २०२१ नेपालमा र १७० भन्दा बढी देशहरूमा मनाईँदैछ ।

हरेक वर्ष मनाइने यस दिवसले बालबालिका र युवाहरूका लागि अनलाइन जोखिम र सुरक्षित इन्टरनेटबारे सचेतना जगाउन र बालबालिकासँग काम गरिरहेका संस्थाहरूबीच  सहकार्य र समन्वय प्रवर्द्धनका लागि सहयोग पुर्‍याउने छ ।

बालबालिका र युवाका लागि अनलाइन दुर्व्यवहार र शोषणबाट सुरक्षित राख्न कार्यरत संस्था चाइल्डसेफनेटले सन् २०१९ देखिँ नेपालमा सुरक्षित इन्टरनेट दिवस मनाउन तथा साझेदार संस्थाहरुसंग सहकार्य र समन्वय गर्दै आएको छ ।

चाइल्डसेफनेटका संस्थापक अध्यक्ष अनिल रघुवंशीका अनुसार नेपालमा सुरक्षित इन्टरनेट दिवस २०२१ मनाउनका लागि राष्ट्रिय समन्वय समिति गठन गरिएको छ ।

समितिको सचिवालयको भूमिका चाइल्डसेफनेटले निर्वाह गरेको छ र अन्य समितिका सदस्यहरुमा नेपाल प्रहरी साइबर ब्यूरो, युनिसेफ, प्लान इन्टरनेशनल नेपाल, युवालय, सिविन नेपाल, साथी, एक्शनएड नेपाल, वेदः सिर्जनशील संस्था, लू निभा चिल्ड कन्सर्न ग्रूप, छाता संगठन नेपाल र बाल वाताबरण केन्द्र समिति रहेका छन् ।

‘यस दिवसले बालबालिका र युवाको लागि अनलाईनमा सुरक्षित राख्न परिवार, स्कूल, प्रहरी, सरकारी निकाय, निजी क्षेत्र, मिडिया, संघसंस्था र अन्य सरोकारवालासंग सहकार्य गर्न तथा साइबर सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन गर्ने अवसर प्रदान गर्ने अनिल रघुवंशीले बताए ।

सुरक्षित ईन्टरनेटबारे सचेतना जगाउन बालबालिकाको लागि काम गर्ने संघसंस्थाहरुले अपील भिडियो, पोडकास्ट, यूट्यूब भ्लग, सोशल मिडिया पोष्ट, डिजिटल पोस्टर र बालमैत्री मैत्री संचार सामग्री उत्पादन र प्रचार गरी सुरक्षित इन्टरनेट दिवस मनाउने योजना बनाएका छन् । यसका साथै साइबर सुरक्षाबारे प्रशिक्षण, प्यानल छलफलहरू पनि संचालन हुनेछन् ।

९ फेब्रुअरीका दिन सुरक्षित इन्टरनेट दिवसको मुख्य कार्यक्रम आयोजना गरिने छ र साइबर सुरक्षाबारे अन्य कार्यक्रमहरु वर्षभरी सञ्चालन गरिने छन् ।

सुरक्षित इन्टरनेट दिवसका कार्यक्रमहरुमा सहभागी हुन र सहयोग गर्न राष्ट्रिय समन्वय समितिको तर्फबाट चाइल्डसेनेटले बालबालिका, युवा, अभिभावक, स्कूल, कलेज, सरकार, प्रहरी, कानून व्यवसायीहरू, निजी क्षेत्र, राष्ट्रिय र अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरु, संयुक्त राष्ट्र संघीय संस्थाहरू, मिडिया र अन्य जिम्मेवार निकायसँग आह्वान गरको छ ।