कीवर्डहरू -

साओमीले ल्यायो रिमोटले चल्ने वायरलेस चार्जर प्रविधि, अर्काे कोठाबाट पनि चार्ज गर्न सकिने

साओमीले ल्यायो रिमोटले चल्ने वायरलेस चार्जर प्रविधि, अर्काे कोठाबाट पनि चार्ज गर्न सकिने

साओमीले नयाँ रिमोटले चल्ने वायरलेस चार्जर प्रविधि बनाएको छ । यो चार्जरले अर्काे कोठाबाट पनि चार्ज गर्न सकिन्छ । यो प्याड र कोइलको मद्दतले चल्ने गर्दछ ।

साओमीले ल्याएको एमआई एयर चार्ज प्रविधिबाट मोबाइल फोन सेमत चार्ज गर्न सकिने छ । यसलाई नछोइकनै नै केही मिटर टाढाबाट चलाउन सकिन्छ । यसमा एमआई एयर चार्ज प्रविधि रहेको छ ।

यो चार्जर कहिले लञ्च हुन्छ भनेर भनिएको छैन् तर यसको डेमो भने आइसकेको छ । यो ५ वाटको चार्ज गर्ने प्रविधि हो ।

यसले एकै चोटि थुप्रै डिभाइसहरुलाई पनि चार्ज गर्न सक्छ । यसले सानो इलेक्ट्रोनिक देखि स्मार्टवाच र स्पीकर सबैलाई चार्ज गर्नेछ । यसमा १४४ ओटा एन्टीना रहेको छ जसले मिलीमटर वेब पठाउने गर्दछ ।