कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई लक्षित गरी डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन दिने उद्देश्यले आकर्षक इन्सेन्टिभ योजना सुरु गरेको छ ।
उक्त योजना अन्तर्गत पुस १ गतेपश्चात कुमारी बैंकको मोबाइल एप्लिकेसन कुमारी स्मार्टमा रजिष्ट्रर भएका ग्राहकहरुले वार्षिक मोबाइल रेजिस्ट्रेशन शुल्कमा १०० रुपैयाँ फिर्ता पाउनेछन् ।
सो रकम फिर्ता पाउन ग्राहकवर्गले रेजिस्ट्रेशन गरेको मितिदेखि ३ महिना भित्रमा कुमारी स्मार्ट मार्फत रु २,००० सम्मको कारोबार गरेको हुनुपर्नेछ ।
सो कारोबारमा कुमारी स्मार्ट मार्फत गरिएका हरेक क्यू आर भुक्तानी, टपअप तथा पानी, बिजुली, इन्टरनेट, टिभी भुक्तानी लगायत स्कुल कलेजको फी तथा मर्चेन्टको बिल भुक्तानी समेत सम्मिलित हुनेछन् । यो योजना सिमीत अवधीको लागी मात्र रहनेछ ।
सो रिफण्ड योजनाले सेवाग्राहीहरुमा डिजिटल भुक्तानी प्रणालीतर्फ उत्साह जगाउने र डिजिटल प्रविधिको अधिकतम प्रयोग तर्फ डोर्याउने बैंकका डिजिटल प्रमुख अनिष ताम्राकारले बताए ।