कीवर्डहरू -

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।  राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

कक्षा १२ को नतिजा नेपाल टेलिकम राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट मा हेर्न सकिने बोर्डले जानकारी दिएको छ । साथै एसएमएस मार्फत् र आईभीआर मार्फत पनि नतिजा हेर्न सकिने छ ।

एसएमएस मार्फत नतिजा हेर्नका लागि NEB Symbol No. टाइप गरी १६०० मा एसएमएस पठाउनुपर्ने छ । भने आइभीआर मार्फत नेपाल टेलिकमको १६०१ नम्बर डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा थाहापाउन सकिने छ ।

प्रकाशित नतिजा अनुसार १ जनाको परीक्षा रद्द भएको छ भने ११ हजार ४ सय ९० जनाको स्थगित भएको छ। कुल सम्मिलित परिक्षार्थीको संख्या ४ लाख ३३ हजार २ सय ७१ रहेको थियो ।

यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशित गरिएको छ ।