कीवर्डहरू -

निजी क्रिप्टोकरेन्सीलाई प्रतिबन्ध लगाउन नयाँ कानून ल्याउँदै भारत, आफ्नै आधिकारिक डिजिटल करेन्सी निकाल्ने तयारी 

निजी क्रिप्टोकरेन्सीलाई प्रतिबन्ध लगाउन नयाँ कानून ल्याउँदै भारत, आफ्नै आधिकारिक डिजिटल करेन्सी निकाल्ने तयारी 

भारतले बिटकोइन जस्ता क्रिप्टोकरेन्सीलाई प्रतिबन्ध लगाउन नयाँ कानून ल्याउने भएको छ । टेकक्रन्चको रिपोर्ट अनुसार भारतको प्रतिनिधि सभाले नयाँ कानून ल्याएर सबै निजी क्रिप्टोकरेन्सीलाई प्रतिबन्ध लगाइदिने भएको छ ।

भारतले आफ्नै रिजर्भ बैँक अफ इन्डियाको माध्यमबाट आधिकारिक डिजिटल करेन्सी ल्याउने फ्रेमवर्कको तयारी पनि गर्ने भएको छ । संसदमा निजी क्रिप्टोकरेन्सी माथि प्रतिबन्ध लगाउन नयाँ कानूनको प्रस्ताव लैजाने तयारी भएको जनाइएको छ ।

भारतले सन् २०१८ मा नै क्रिप्टोकरेन्सी कानूनी टेन्डर मान्नलाई अस्वीकार गरेको थियो । त्यति खेर डिजिटल कयास चलाउनेलाई दश वर्षका लागी जेल हालिदिने पनि निर्णय बनाउने सुझाव आएको थियो ।

रिजर्भ बैँकको अनुसार क्रिप्टोकरेन्सी वास्तविक हुदैन किनभने यसमा कुनै प्रकारको आधिकारिक स्टाम्प (छाप) लगाइएको हुदैन् । सुप्रिम कोर्टले यो कुरालाई नमानेर सन् २०२० मा क्रिप्टोकरेन्सीकै माध्यमले व्यवसाय गर्न दियो तर यो कुरा धेरै दिन सम्म भने टिकेन् ।

आफ्नै आधिकारिक डिजिटल करेन्सी निकालेमा यसले भारतलाई एकदमै शकितशाली बनाउने र त्यही सँगसँगै भारतले वैदेशिक प्रभावलाई पनि नियन्त्रण गर्न सक्ने बताइएको छ ।